चट्याङ लागेर बाजुरामा बालिकाको मृत्यु, दुई भैंसी र एक गोरुसमेत मरे

१७ भदौ २०८० ५:३३

बाजुरा- चट्याङ लागेर बाजुरामा बालिकाको मृत्यु भएको छ। जिल्लाको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिवार राति एक बालिकाको मृत्यु भएको हो। स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङबाट कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो। चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेका छन्।

1 2 86 87 88 152 153