डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

पाँजलो न्युज
१६ भदौ २०८० ६:१७
डडेल्धुरामा मोटरसाईकल दुर्घटना हुँदा २ घाइते

डडेल्धुराः डडेल्धुराको आलिताल गाँउपालिका–८ स्यालचौडीमा मोटरसाईकल दुर्घटना भएको छ।

शुक्रबार साँझ सुपप्र ००४–००१०–७३६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि परशुराम नगरपालिका–५ का बिरेन्द्र घर्तिमगर र सोही ठाँउका तारा धामी घाइते भएको इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरिक्षक गगन सिंह भाटले बताएका छन्।

घाइते दुवैको धनगढीस्थित माया मेट्रो हस्पिटलमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *