डाेटी बहुमुखी क्याम्पसले १६ ओैँ पुस्तकालय दिवस मनायाे 

पाँजलो न्युज
१५ भदौ २०८० १२:२२
डाेटी बहुमुखी क्याम्पसले १६ ओैँ पुस्तकालय दिवस मनायाे 

डाेटी- डाेटी बहुमुखी क्याम्पस सिलगढी डाेटीले साेह्राै पुस्तकालय दिवस मनाएकाे छ । शुक्रबार क्याम्पस सभाहलमा एक ओैपचारिक कार्यक्रम गरि विविध कार्यक्रमका साथ दिवस मनाइएको हाे । “पुस्ताैँ पुस्ताका लागि पुस्तकालय ” भन्ने मुल नारालाई आत्मसात् गर्दै पुस्तकालय दिवसकाे अवसरमा अनलाइन पुस्तकालय सम्वन्धि अभिमुखिकरण कार्यक्रम समेत गरेकाे क्याम्पसले जानकारी दिएकाे छ ।

उक्त कार्यक्रममा प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक खेमराज पनेरू रहनुभएकाे थियाे । भाैतिक रूपमा मात्र अध्ययन नभएर अनलाइनकाे माध्यमबाट पनि सम्बन्धित विषयकाे बारेमा अध्ययन गर्न आवश्यकता रहेकाे सहप्राध्यापक पनेरूले बताउनु भयाे ।

कार्यक्रमका सभादक्ष तथा क्याम्पस प्रमुख दिलानन्द जाेशीका अनुसार पछिल्लो समयमा नेटइन्टरनेटकाे पहुँच पुगे पनि विद्यार्थीले त्यसकाे सहि सदुपयोग गर्न आवश्यक रहेकाे बताउनु भयाे । आफूलाई ज्ञानकाे क्षेत्रमा अब्बल बनायन विभिन्न माध्यमबाट खाेज अनुसन्धान गरि अध्ययन गर्न अनुरोध गर्नुभएको छ । अध्ययन गर्न भाैतिक तथा अभाैतिक रूपमा क्याम्पस तथा अनलाइन पुस्तकालय सम्बन्धी सीप सिकेर व्यवहारमा लागू गर्नु पर्ने बताउनु भयाे ।

त्यस्तै क्याम्पसले दिवसकाे अवसरमा चित्रकला प्रतियोगिताकाे आयाेजना गरेकाे थियाे । चित्रकलामा सहभागी प्रथम मानविकी संकायकी सुस्मा मलाशी, द्वितीय शिक्षाशास्त्र संकायका दिपक रावत र तृतीय स्थानमा शिक्षा संकायका राजेन्द्र बाेहरा भएका थिए । प्राेत्सान स्वरूप प्रथम,द्वितीय, तृतीय स्थान हाँशिल गर्नेलाई पुरस्कार समेत वितरण गरेकाे थियाे ।

क्याम्पसले अनलाइनकाे माध्यमबाट दिइरहेको सेवा सम्बन्धी सम्पूर्ण विद्यार्थीहरूले ओवसाइट ‘भिजिट’ गर्न आवश्यक रहेकाे डाेटी बहुमुखी क्याम्पसका प्राविधिक प्रमुख तथा उक्त अभिमसखिकरण कार्यक्रमका प्रशिक्षक बिक्रम केशीले बताउनु भयाे । सम्पूर्ण विद्यार्थीले क्याम्पस इएमआईएस शाखामा आइ अनलाइन पुस्तकालय सम्बन्धी सामाग्रीकाे कसरी प्रयाेग गर्ने भन्ने बिषयमा बुझ्न आग्रह गरे । अध्ययनकाे लागि सम्पूर्ण विद्यार्थीहरूले आईडि बनाउन अनुराेध गर्नुभएको छ । पुस्तकालय एउटा क्याम्पसमा मात्र नभएर इन्टरनेट पहुँच भएका व्यक्तिहरूकाे खल्तीमा नै पुस्तकालय रहेकाे केशीले बताउनु भयाे ।

उक्त अभिमुखिकरण कार्यक्रममा सम्पूर्ण शिक्षक,कर्मचारी तथा विद्यार्थीमा उपस्थिति रहेकाे थियाे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *