दिनेश जोशी डोटी– जिल्लाको के आई सिंह गाउपालिकामा राष्ट्रिय जनमोर्चाले भेला सम्पन्न गरेको छ । उक्त भेला के आई सिंह गा पा को सदरमुकाम वायलमा सम्पन्न भएको हो। राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष डबल बोगटीको प्रमुख आतिथि रहनु भयको थियो।
भेलामा कविराज जोशीको अध्यक्षतामा १७सदस्यिय पालिका समिति गठन भयको हो,जसको उपाध्यक्ष रामचन्द्र भट्ट, सचिव प्रकाश भट्ट, सहसचिव कृष्ण पुन,र कोषाध्यक्ष बिजया बोगटी चयन भयका हुन।
नेपालि जनताको महान आन्दोलन बाट प्राप्त उपलब्धि माथि बिभिन्न कोणबाट आक्रमण भईरहेको,देशमा प्रतिगामी र साम्राज्यवादि खतरा संग संगै बढेको ले न्यायपूर्ण आन्दोलन का लागि लडेका जनता हरू सचेत र सङ्गठित हुनु पर्ने कुरामा अध्यक्ष बोगटीले जोड दिनु भएको थियो ।
फरक प्रसङ्गमा बोल्दै अध्यक्ष बोगटीले संघिय प्रणालीले देशलाई कङ्गाल बनाएको ले र भ्रष्टाचार संस्थागत भएको कुरामा जोड दिनु भएको थियो। राष्ट्रिय जनमोर्चाले पार्टिले सुरू देखि नै नेपाल को सन्दर्भमा संघियता आबश्यक नभएको कुरामा जोड दिएको थियो ,हाम्रो पार्टिको त्यो मत अहिले पनि कायम रहेको कुरा समेत औल्यानु भएको थियो।
राष्ट्रिय जनमोर्चा डोटिको यहि भाद्र ३० र ३१गते हुन गईरहेको जिल्ला सम्मेलन को पुर्वसंध्यामा विभिन्न स्थानिय तहका भेला र सम्मेलन हुने अध्यक्ष बोगटिले बताउनु भयको हो ।
प्रतिक्रिया