डोटीको जोरायल गाँउपालिकाको एम्बुलेन्समा विद्युतका सामाग्री ढुवानी

पाँजलो न्युज
१६ भदौ २०८० ५:५७
डोटीको जोरायल गाँउपालिकाको एम्बुलेन्समा विद्युतका सामाग्री ढुवानी

डोटी- डोटीको जोरायल गाउँपालिकाको सुपप्र ०१००१ झ ५४० नम्बरको एम्बुलेन्सले विद्युतको सामाग्री बोक्दै गरेको पाईएको छ । जोरायल वडा नम्बर ४का वडा अध्यक्ष नन्दराज भट्टले धनगढीबाट विद्युतको सामाग्री ढुवानी गरेका हुन् ।

एम्बुलेन्सले विद्युतको सामाग्री बोकेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । जोरायल ४ सिलिमबाग वडा अध्यक्ष भट्टकै पसल अघाडी एम्बुलेन्सबाट विद्युतको सामाग्री उतारेको थियो । यस बिषयमा सामाजिक सञ्जालमा धेरै टिका टिप्पणी पनि गरिएका थिए । ४ नम्बरका वडा अध्यक्षले भनेपछि ति सामग्री ल्याएको एम्बुलेन्स चालक रमेश मल्लले बताए ।

‘एम्बुलेन्स धनगढी नाम सारी गर्न आएको समयमा जोरायल ४ का वाड अध्यक्षले तत्कालै चाहिएको छ, धनगढीबाट आउदा विद्युत जडानका सामाग्री ल्याउनु भनेपछि ल्याएको हु’ चालक मल्ले भने–‘अध्यक्षले भनेपछि ल्याउनै प¥यो ।’

जोरायल गाउँपालिकाको वाड नं ४ मा विद्युत लाइन जडान भैरहेकोले सामाग्री बोकाएका अध्यक्ष भट्टले स्वीकारेका छन् ।

‘थोरै समान भएकाले सामाग्री बोक्ने गाडी पाइएन’ वडा अध्यक्ष भट्टले भने–‘एम्बुलेन्स धनगढी नाम सारी गर्न गएको बेला सामाग्री मगाएको हु ।’ वडा अध्यक्ष भट्टले भने ‘मैले कुनै व्यक्तिगत प्रयोजनको लागि हैन, एम्बुलेन्सलाई दुरुपयोग गरेको होईन । ‘एम्बुलेन्स पनि खाली आउदै गरेकोले समान पनि तत्काल आवश्यक भएकाले मात्रै त्यसमा ढुवानी गरेको हु’ अध्यक्ष भट्टले भने । ‘मैले जनताकै काममा लगाएको हुँ’ उनले भने–‘एम्बुलेन्स दुरुपयोग गरेको होईन ।’

धनगढीमा नयाँ एम्बुलेन्स नामसारी गर्न गएको बेला विद्युतका सामाग्री बोकेर ल्याएको जोरायल गाँउपालिका अध्यक्ष दुर्गादत्त ओझाले बताएका छन् । एम्बुलेन्स दुरुपयोग होईन खाली आउदै गरेको समयमा विद्युतको सामग्री ल्याएर सदुपयो गरेको अध्यक्ष ओझाले दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *