कैलालीमा ४ जना हातहतियार र गोलीगट्ठासहित पक्राउ

पाँजलो न्युज
१४ भदौ २०८० ६:४०
कैलालीमा ४ जना हातहतियार र गोलीगट्ठासहित पक्राउ

धनगढी- कैलालीमा ४ जना हातहतियार र गोलीगट्ठासहित पक्राउ परेका छन्।

बुधवार राति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ भुरुवाबाट उनीहरु पक्राउ परेका हुन्।प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक, रामचन्द्र चौधरी, नरेश डगौरा र सचिन चौधरी रहेका छन्।

लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामाउनीहरुलाई खानतलासी गर्दा निजहरुबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १ ,सोको म्यागजिन थान १, गोली १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो। उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *