वीरगञ्ज- प्रहरीले खसी चोरेर मोटरसाइलमा राखी भाग्दै गरेका दुई जनालाई बाराबाट पक्राउ गरेको छ।
प्रहरीले खसी चोरेको आरोपमा बारा कोल्हवी नगरपालिका-१ बस्ने छोटे चौधरी र सन्तोष चौधरीलाई पक्राउ गरेको हो।
कोल्हवी- ५ बस्ने उपेन्द्र चौधरीको खसी चारेर पक्राउ परेका सन्तोषले ना.४७ प ८३४१ नं.को मोटरसाइकलको बीचमा राखी भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानै जानकारी दिए।
दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको न्यौपानेले बताए।
प्रतिक्रिया