बझाङमा जंगली च्याउ खाएर छोरा र छोरीको मृत्यु, आमाको उपचार हुँदै

पाँजलो न्युज
१५ भदौ २०८० ५:४९
बझाङमा जंगली च्याउ खाएर छोरा र छोरीको मृत्यु, आमाको उपचार हुँदै

बझाङ- बझाङमा जंगली च्याउ खाएर छोरा र छोरीको मृत्यु भएको छ।जिल्लाको जयपृथ्वी नगरपालिका–६ नौराका १२ वर्षीय सुदीप कठायत र ७ वर्षीया एन्जिला कठायतको मृत्यु भएको प्रहरीले बताएको हो।

७ वर्षीया एन्जिलाको बिहीवार राती नै मृत्यु भएको थियो भने जिल्ला अस्पताल बझाङमा उपचार सम्भव नभएपछि बिहीवार राति धनगढी ल्याउदै गर्दा डडेल्धुरामा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जङ्गलमा भेटिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका थिए।

आमा पुनी कठायतसहित उनका छोरा सुदीप र छोरी एन्जिला बिरामी परेका हुन्। आमाको अवस्था भने सामान्य रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *