कञ्चनपुरमा दुई लाख बढी भन्सार छलीका सामान बरामद

७ फागुन २०७९ ६:४३

कञ्चनपुरः कञ्चनपुर प्रहरीले दुई लाख बढी भन्सार छलीका सामान बरामद गरेको छ। प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका–१० काठेपुल नजिकैबाट दुई लाख चार हजार दुई सय ७० मुल्य बराबरका अबैध सामान बरामद गरेको हो। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा राखिएका चप्पल, कपडा, हार्डवायरका सामान, बाईरिङका सामान तथा बिडी बरामद गरेको हो।

1 2 120 121 122 152 153