महाकाली पुलः बजेट सकियो, पुल आयोजनाको फाइल अर्थ मन्त्रालयबाटै हरायो

पाँजलो न्युज
३ फागुन २०७९ ७:१६
महाकाली पुलः बजेट सकियो, पुल आयोजनाको फाइल अर्थ मन्त्रालयबाटै हरायो

डोटी– महाकाली नदीमा चार लेनको पक्की पुल र पहुँच मार्ग निर्माण गर्न २०७४ भदौमा शिलान्यास भयो। आठ सय मिटर पुल निर्माणको ९९ प्रतिशत काम पूरा भइसकेको छ।

त्यस्तै सात दशमलव ८ किलोमिटर सडक निर्माणको काम ८२ प्रतिशत सकिएको छ। तर गड्डाचौकी भन्सार कार्यालय क्षेत्रमा सडक निर्माणको काम भने अलपत्र छ। सडकमा भन्सार कार्यालयको भवन पर्ने भए पनि डिजाइन संशोधन गर्ने योजना छ। भन्सार कार्यालयको स्वामित्वमा रहेको जग्गा सडकको स्वमित्वमा ल्याउन फाइल संघीय अर्थ मन्त्रालय पठाइएको थियो।

गत असोज २३ गते दर्ता भएको फाइल अर्थ मन्त्रालयबाटै हराएको छ। महाकाली चार लेन पुल आयोजनाका प्रमुख रामबदुर गुरुङले गत भदौ २२ गते अर्थ मन्त्रालयमा पेश भएको फाइल २३ गते दर्ता भएको थियो। तर मन्त्रालयबाटै फाइल हराएको उनले बताए। ‘सडकको ८२ प्रतिशत काम पुरा भएको छ। प्रधानमन्त्री ज्यूलाई समेत हामीले प्र्रगति देखाएका थियौ,’ उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *