डोटी/ डोटी विकास निमार्णका निम्ति तीनवटै सरकारले लाग्नुपर्ने उपप्रधान एंव भौतिक पुर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले बताएका छन् । विकास निर्माणका कार्यहरूलाई सुचारू गर्न तीनवटै सरकार, संघीय,प्रदेश र स्थानीय सरकारले मिलेर काम गर्नुपर्ने श्रेष्ठको भनाइ रहेको छ । दिपायलमा तेस्रो प्रादेशिक महोत्सव उद्घाटनमा आउनुभएका उपप्रधानमन्त्रीले विकास निमार्णका कार्य जो अहिलेसम्म अधुरै रहेका छन् ती योजनाहरूलाई पहिलो प्राथमिकतामा राखेर जाने बताए । वर्षौसम्म विकासका कार्यहरूमा राज्य र जनतालाई नोक्सानी पुर्याउने काम भैरहेको भएर आगामी दिनमा ती काममा छुट नदिने उहाँको भनाइ रहेको छ । उपप्रधानमन्त्री श्रेष्ठले विकासका काममा विस्वनिय ढंगले काम हुन्छ भने मात्रै पुराना ठेकेदारहरूलाई काम गराउने नत्र नयाँ ढंगले विकासका कामहरू अगाडि बढाउने उहाँको भनाइ छ । डोटीका सबै राजनीतिकदलहरूले एकमुष्ट तरिकाले धनगढी दिपायल खुटिया फास्ट ट्रयाक, खप्तड राष्ट्रिय निकुञ्ज,सेती पुल निर्माणका काम अधुरै रहेकाले सर्वदलीय छलफल गरेर ज्ञापनपत्र समेत उपप्रधानमन्त्री श्रेष्ठलाई वुझाएको थियो । सेतीको हीरा खप्तडको मोती,व्यापार,कृषि पर्यटन र जलश्रोतबाट बनाउँछौ समुन्नत डोटी भन्ने मुल नाराका साथ डोटी चेम्बर अफ कमर्शले आयोजना गरेको तेस्रो प्रादेशिक महोत्सव दिपायलमा आजबाट सुरु भएको छ । राष्ट्रिय तथा स्थानीय कलाकार हरूको बाक्लो उपस्थिति रहने डोटी चेम्बर अफ कमर्शका अध्यक्ष खगेन्द्र साउदले जानकारी गराएका छन् ।स्थानीय कला सांस्कृतिकहरूको जोगेर्ना गर्नका निम्ति महोत्सवको आयोजना गरिएको साउदको भनाइ रहेको छ । महोत्सव फाल्गुन ४ गतेदेखि १४ गतेसम्म सञ्चालन हुने समते साउदले बताएका छन् ।
प्रतिक्रिया