breaking

धनगढीमा चितुवाको छालासहित डोटीका एक युवक पक्राउ

२९ माघ २०८१ ४:०७

डोटी- कैलालीको धनगढीबाट चितुवाको छालासहित डोटीका एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका–४ बसपार्कमा रहेको मिलनसार होटेलको कोठाबाट डोटीको बोगटान गाउँपालिका–३ मेल्टा बस्ने २६ वर्षीय नरेश साउँद सोमवार पक्राउ परेका हुन्। साउँदलाई चितुवाको एक थान छालासहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

1 2 19 20 21 132 133