स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच संवाद

दिनेश जोशी
२३ असोज २०८३ १:५३
स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच संवाद

डोटी — स्थानीय सरकारको नीति, योजना तथा बजेटका विषयमा सरोकारवाला, स्थानीय कर्मचारी तथा सञ्चारकर्मीबीच संवाद तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

के.आई. सिंह गाउँपालिकाको समन्वय तथा दलित महिला संघ (FEDO) डोटीको आयोजनामा बिहीबार के.आई. सिंह गाउँपालिकामा ‘स्थानीय सरकारको नीति, योजना तथा बजेट सम्बन्धी सरोकारवालाहरू र सञ्चारकर्मीहरूसँग संवाद कार्यक्रम’ सम्पन्न भएको हो।

कार्यक्रममा स्थानीय सरकारका नीति तथा योजना निर्माण, बजेट विनियोजन र कार्यान्वयनका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो। सहभागीहरूले स्थानीय तहका नीति, योजना तथा बजेट निर्माण गर्दा समुदायका वास्तविक आवश्यकता र प्राथमिकतालाई समेट्नुपर्ने विषयमा जोड दिएका थिए।

त्यस्तै, स्थानीय सरकारले सञ्चालन गरेका योजना तथा कार्यक्रमबारे नागरिकलाई सुसूचित गराउन सञ्चारमाध्यमको भूमिका, बजेटको प्रभावकारी कार्यान्वयन तथा स्थानीय तहका गतिविधिलाई पारदर्शी रूपमा सार्वजनिक गर्ने विषयमा समेत छलफल गरिएको थियो।

स्थानीय सरकारको नीति, योजना तथा बजेटबारे सरोकारवालाबीच साझा बुझाइ विकास गर्नुका साथै स्थानीय तहको पारदर्शिता र जवाफदेहिता अभिवृद्धिमा यस्ता संवाद कार्यक्रमले सहयोग पुग्ने दलित महिला संघ (FEDO) डोटीकी अध्यक्ष सरिता दयालीले बताउनुभयो।

तस्बिर- दिनेश जोशी

कार्यक्रमले स्थानीय सरकारका नीति, योजना तथा बजेटबारे सरोकारवाला र सञ्चारकर्मीबीच समन्वय तथा सहकार्य बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा स्थानीय कर्मचारी, सरोकारवाला तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *