दिनेश जोशी डोटी — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डोटीले दिपायलमा असाेज १८ गते भएकाे कुटपिटकाे घटनामा संलग्न रहेकाे आराेप लागेका सालिभान साउँद पार्टीकाे कुनै पनि पदीय जिम्मेवारीमा नरहेकाे स्पष्टीकरण दिएकाे छ ।
३ जनाकाे समुहले एक युवकमाथि कुटपिट गरेको आरोप लागेको समाचार पाँजलाे अनलाईनले प्रकाशन गरेकाे थियाे ।
प्रहरीलाइ उदृत गर्दै पाँजलाे अनलाइनले दिपायल सिलगढी नगरपालिका–९ कलेनाका ३५ वर्षीय रमेश विकमाथि सोही ठाउँका २८ वर्षीय सुनिल साउँद, २४ वर्षीय गणेश साउँद र ३५ वर्षीय सालिभान साउँदले कुटपिट गरेको भन्दै समाचार प्रकाशन गरेकाे थियाे ।
असोज १८ गते साँझ करिब ७ः४५ बजे मादक पदार्थ सेवन गरेका उनीहरूबीच आपसी विवाद भएपछि विकमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।
रास्वपा डोटीका जिल्ला सभापती केशव बलायरले आराेपीत साउँद पार्टीको संगठन विभागकाे कुनै पनि पदीय जिम्मेवारीमा नरहेकाे बताएका छन् । यधपी उनी रास्वपाका क्रियाशिल सदस्य रहेकाे जिल्ला अध्यक्ष बलायरले जानकारी दिएका छन् ।
साउँदसंग घटनावारे जानकारी लिन खाेज्दा सम्पर्क भने हुन सकेन ।






प्रतिक्रिया