सुदूरमा ४५ हजार मेट्रिकटन मासु उत्पादन, कुन जिल्लामा कति मासु खाइन्छ?

२६ माघ २०७९ ७:५७

डोटी –सुदूरपश्चिम प्रदेशभित्र झण्डै ४५ हजार मेट्रिकटन मासु उत्पादन भएको छ। आर्थिक वर्ष २०७८÷७९ मा प्रदेशभित्र ४४ हजार ६५१ मेट्रिकटन मासु उत्पादन भएको तथ्यांकले देखाएको हो। विश्व स्वास्थ्य संगठनका अनुसार प्रतिव्यक्ति वार्षिक १६ किलो मासु आवश्यक हुन्छ। नेपालको राष्ट्रिय मासु उपभोग दर प्रतिव्यक्ति वार्षिक १४ किलो छ। सुदूरपश्चिम प्रदेशभित्र मासु बढी र दूध ज्यादै न्यून […]