दि.सि.न.पा ५ ले गर्‍यो ८० बर्ष माथिका जेष्ठ नागरिक लाई सम्मान

कृष्ण मलासी
२१ माघ २०७९ ९:५४
दि.सि.न.पा ५ ले गर्‍यो ८० बर्ष माथिका जेष्ठ नागरिक लाई सम्मान

डोटी, दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ को वडा कार्यालयले आफ्नो वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिक लाई सम्मान गरेको छ। आर्थिक वर्ष २०७९/८० को स्वीकृति कार्यक्रम अन्तर्गत वडामा रहेका ८० बर्ष माथिका जेष्ठ नागरिक लाई दोसल्ला र यातायात खर्च बितरण गरेको वडाले जानकारी दिएको छ । वडामा रहेका जेष्ठ नागरिक प्रती हेरिने दुर्स्टिकोण सकारात्मक बनाउन र सम्मानपुर्बक जिबन यापनमा मद्दत पुर्याउन र उनीहरुको आत्मसम्मान बढाउने उदेश्यले उक्त कार्यक्रम को आयोजना गरेको वडा अध्यक्ष गणेश भण्डारीले बताए । शनिबार दिपायल सिलगढी नगरपालिका वडा नम्बर ५ ले आफ्नो वडामा उक्त कार्यक्रम गरेको हो ।

उक्त कार्यक्रम को उदघाटन दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख बाजी सिंह खड्का (बिजयी)ले गर्नुभएको थियो । वृद्धा आमा बुवाहरु समाजका गहना हुन उनिहरुको सम्मान गर्न प्रत्येक सन्तानको पहिलो दायित्व हो। आफ्ना बुवा आमा हजुरबुबा हजुरआमा साथै आफ्ना अग्रजहरुको सम्मान गर्नु भनेको आफ्नो भावी सन्तति लाई आफू भन्दा ठुलो को सम्मान गर्नुपर्छ भन्ने सिकाउनु हो। तेसैले हामीले वृद्धा आमा बुवाहरु लाई सधै माया र सम्मान गर्नुपर्दछ।कार्यक्रममा बोल्दै गर्दा वडा अध्यक्ष भण्डारी ले बताएका हुन। उक्त कार्यक्रममा शनिबार २२ जना ८० बर्ष माथिका जेष्ठ नागरिक सम्मानित भएका हुन ।

उक्त कार्यक्रम को अध्यक्षता वडा नम्बर ५ का वडा अध्यक्ष गणेश भण्डारी,तेसैगरि प्रमुख अतिथि दिपायल सिलगढी नगरपालिका का नगर प्रमुख बाजी सिंह खड्का (बिजयी) बिशिस्ट अतिथि दिपायल सिलगढी नगरपालिका उप प्रमुख कलावती महर (साउद) अतिथि वडा नम्बर ५ कि वडा सचीव भावनाराज भण्डारी,अतिथि वडा नम्बर ५ का वडा सदस्यहरु महेन्द्र के सि, पुर्णिमा बोहरा (मलासी) महेश्वरी भुल, नर बहादुर धामि र वडा नम्बर ५ का वडा कार्यालयका सम्पूर्ण कर्मचारीहर्को उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *