माघ महिना लागेसंगै आमाहरुले बिबाह भयर गयकि छोरीहरुलाई डोकोभरी’त्यार’ कोसेली दिईनेगरिन्छ । यो चलन सुदुरपश्चिम र कर्णाली अञ्चलका केही जिल्लामा अझैपनि ब्यप्त रहेको पाईन्छ । बिबाह गरेर गयकी छोरी बर्सौ भैइ सक्दापनी माईती घरमा नआउन पाउँदा मेरो छोरीलाई माईतिको माया लाग्ला,दु:ख, सुख्ख के कस्तो छ भनेर आमाहरु मीठो मसिनो खनेकुरा बोकेर छोरीको घर जान्छ्न । छोरीको परिवार र माईती बिचको सम्बन्ध प्रघाट बनाउन लाई पनि यो चलन चलेको पाइन्छ । यो माघ महिना लागेसंगै छोरीहरु मेरो त्यार कहिले आउला भनेर प्रखाईमा रहेको पाईन्छ । पछिल्लो समय यो घरायसी(स्थानिय) परिकार को सट्टा फलफूल,मिस्ठान्न खनेकुरा झोलामा बोकेर लगिने रहेको पाईन्छ । माघ महीनालाई धार्मिक महिनाको रुपमा पनि लिईने गरिन्छ । यो महिनामा तिर्थ,व्रत बस्ने चलन पै रहिआयको पाईन्छ ।
प्रतिक्रिया