डोटीका शेरबहादुर डोको बुनेरै घरखर्च चलाउँदै

पाँजलो न्युज
२१ माघ २०७९ ७:०४
डोटीका शेरबहादुर डोको बुनेरै घरखर्च चलाउँदै

डोटी- बडीकेदार गाउँपालिका–५ थानकोट गाउँका ४० वर्षीय शेरबहादुर भुल डोको बुनेरै घरखर्च चलाउँदै आएका छन्। उनले निगालोको डोको, छाप्रीलगायत सामग्री बनाउने गर्छन्। निगालोबाट विभिन्न सामान बनाएर बिक्री गरेर उनले १५ वर्षदेखि घर व्यवहार चलाउँदै आएका छन्। दश जनाको परिवार उनकै कमाइबाट पालिने गरेको छ।

‘आम्दानीको कुनै स्रोत नभएर खाली बस्नुभन्दा सीप सिकेर काम गरेको छु। एकमहिने साना तथा घरेलु कार्यालय राजपुरले दिएको बास, निगालोसम्बन्धी तालिम लिएर अहिले यही डोको बुन्ने पेशाले घरपरिवार पालेको छु,’ उनले भने।  डोको र छाप्री बुनेर गाउँघरमा घुम्ती व्यापार गरेर  वार्षिक ८० हजार कमाउने गरेको  उनले बताए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *