दिनेश जोशी डोटी- बडादसैँको अवसरमा दिपायल सिलगढी नगरपालिकाले आयोजना गरेको शुभकामना खसी कप भलिबल प्रतियोगिता आजदेखि सुरु भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको प्रतियोगिताको उद्घाटन दिपायल सिलगढी नगरपालिका–६ स्थित टुँडिखेलमा गरिएको हो।
दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा जिल्ला भलिबल संघ डोटीको व्यवस्थापनमा सञ्चालन भइरहेको प्रतियोगिताले स्थानीय स्तरमा भलिबल खेलको प्रवर्द्धन गर्नुका साथै खेलाडीको प्रतिभा पहिचान र विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
बडादसैँको अवसरमा आयोजना गरिएको प्रतियोगिताले खेलकुदको विकाससँगै युवाहरूबीच आपसी सद्भाव, भाइचारा र एकता अभिवृद्धि गर्ने विश्वास लिइएको छ।
दिपायल सिलगढी नगरपालिकाकी उपप्रमुख कलावती साउदले बडादसैँको अवसरमा शुभकामना खसी कप भलिबल प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।







प्रतिक्रिया