शैक्षिक गुणस्तर सुधार्दै सरस्वती मावि 

एसईईमा ल्यायो उत्कृष्ट नतिजा

मोहन शाही
३१ वैशाख २०८३ १६:१५
शैक्षिक गुणस्तर सुधार्दै सरस्वती मावि 

(डोटी)– सरस्वती मावि रानागाउँले पछिल्लो समय शैक्षिक गुणस्तरमा सुधार गर्दै ल्याएको छ । केआईसिंह गाउँपालिकाको वडा नं. ५ रानागाउँमा रहेको सरस्वती माविले ०६८ सालदेखि अंग्रेजी माध्यममा पढाइ सुरु गर्दै आएको थियो ।

सरस्वती माविमा यस बर्ष एसईईमा ७८.९४ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । अंग्रेजीमाध्यमबाट ०७८ सालदेखि एसर्ईईमा सहभागि परिक्षार्थीमध्य यस बर्ष ४ जना विद्यार्थीले ए प्लस ग्रेड बृद्धि गरेका छन् ।

जवकी गतबर्ष २ जना ए प्लस सहित ४४ प्रतिशत ग्रेडेड भएका थिए । विद्यालयका प्रधानाध्यापक मीन राणाले क्रमिक रुपमा नतिजामा सुधार आइरहेकोमा खुसि व्यक्त गरे । ‘यसबर्ष अंग्रेजी माध्यमबाट एसईईमा परिक्षार्थी सहभागि भएका हुन’, प्रअ राणाले भने,‘ नतिजा राम्रो आएको छ, अझै मेहनत गर्न उर्जा प्राप्त भएको छ ।’

यस बर्षको एसईईमा सरस्वती माविका लोकेश पार्कीले ३.७९ जीपीए ल्याएका छन् । प्रअ राणाले सामुदायिक विद्यालय तर्फ पार्कीको जीपिए जिल्लामै दोस्रो स्थानमा रहेको दाबी गरेका छन् ।

विद्यालयले उपलब्ध गराएको विवरण अनुसार तिलक सिं पनेरुले ३.७७, सुमन पार्कीले ३.७२ जीपीए ल्याएका छन् । केदारेश्वर मावि कपल्लेकीका अनुज खडकाले ३.८१ जीपीएका साथ सामुदायिक विद्यालयतर्फ जिल्लामा प्रथम भएका छन् ।

विद्यालयमा अनुशासन, अतिरिक्त क्रियाकलाप, सीपमूलक तालिम एवम व्यवहारिक शिक्षामा जोड दिदै आएको सरस्वती माविले उत्कृष्ट नतिजा आउनुमा विद्यार्थी–शिक्षक–अभिभावकहरुको मेहनतको प्रतिफल रहेको प्रतिकृया दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *