डाेटी- केआईसिंह गाउँपालिका वडा न. ४ वायलका बीर बहादुर खड्का डाेटी जिल्ला खेलकुद विकास समितिकाे अध्यक्षमा नियुक्त भएका छन् ।
नियुक्त भएका खड्काले बिहिवार नै सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बेल वहादुर रानासंग सपथ ग्रहण गरेका छन् ।
उनकाे कार्यकाल ४ बर्षका लागि रहने छ । नव नियुक्त अध्यक्ष खड्काले खेलाडीहरूकाे मनाेवल उठाउन जिल्ला भरिका यूवाहरूलाइ समेट्न पहल गर्ने वताए । खेलकुद क्षेत्रकाे विकासका लागि दिन रात नभनि खटिने प्रतिवद्वता समेत खड्काकाे छ ।
वुवा शेर बहादुर र आमा भागादेवीकाे काेखवाट जन्मिएका खड्का सानै उमेरदेखि खेलकुद क्षेत्रमा सक्रिय यूवा हुन् ।
सामान्य परिवारमा हुर्किएका खड्का स्थानीय स्तरमा विभिन्न खेलकुद प्रतियोगिताकाे आयाेजना एवम व्यवस्थापनमा भूमिका निर्वाह गर्दै आएका थिए ।
भलिबल खेलमा विशेषमा रूची राख्ने उनी स्वदेशमै यूवाहरूले पसिना चुहाएर स्वालम्वी रहनु पर्छ भन्ने मान्यता राख्दछन् ।







प्रतिक्रिया