डोटी- डोटीको दिपायल सिलगढी नगरपालिका–४ चिसापानीमा बोलेरो जिप र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन्।
मंगलबार साँझ करिब ५ः४० बजे केआईसिंह राजमार्गअन्तर्गत चिसापानीमा सिलगढीबाट दिपायलतर्फ जाँदै गरेको से.१ ज. ४७३ नम्बरको बोलेरो जिप र विपरीत दिशाबाट आउँदै गरेको सु.प.प्र.०१००९ प ७४२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन्।
दुर्घटनामा मोटरसाइकल चालक कैलालीको गोदावरी नगरपालिका–४, अत्तरियाका २१ वर्षीय प्रमिस ऐर र पछाडि सवार २१ वर्षीय प्रकाश वन घाइते भएका छन्। दुवै जनाको दाहिने खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते दुवै जनालाई उपचारका लागि सेती महाकाली अस्पताल पिपल्ला लगिएको छ। दुर्घटनापछि बोलेरो जिप चालक र मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






प्रतिक्रिया