डोटी- दिपायल सिलगढी नगरपालिका–६ निवासी ललिता मलासी दुवै मिर्गौलामा गम्भीर समस्या देखिएपछि काठमाडौंस्थित वीर अस्पतालमा उपचाररत छन्। उनको उपचारका लागि परिवारले आर्थिक सहयोगको अपिल गरेको छ।

वीर अस्पतालको नेफ्रोलोजी विभागअन्तर्गत बेड नं. ३५ मा उपचार गराइरहेकी मलासीको उपचारमा संलग्न चिकित्सक डा. राजीव यादवको परामर्शअनुसार ४ देखि ५ पटकसम्म ब्लड प्लाज्मा एक्सचेन्ज (Blood Plasma Exchange) गर्नुपर्ने भएको परिवारले जनाएको छ।
उपचारका लागि आवश्यक रकम जुटाउन कठिनाइ भएपछि उनका छोरा गणेश मलासीले देश तथा विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी, आफन्त तथा सहयोगी मनहरूसमक्ष आर्थिक सहयोगको अपिल गरेका छन्।
आमाको उपचारका लागि सहयोगको याचना गर्नुपर्दा आफू निकै भावुक र कठिन परिस्थितिमा रहेको बताउँदै गणेशले आमालाई पुनः स्वस्थ अवस्थामा देख्ने आफ्नो चाहना पूरा गर्न सबैको साथ र सहयोग आवश्यक रहेको बताएका छन्।
उनले सहयोग गर्न इच्छुक महानुभावहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन तथा आर्थिक सहयोग गर्न नसक्नेहरूले पनि सहयोगको अपिललाई सामाजिक सञ्जालमार्फत शेयर गरेर सहयोग पुर्याइदिन आग्रह गरेका छन्।
सहयोग तथा सम्पर्क विवरण
- बिरामी: ललिता मलासी
- ठेगाना: दिपायल सिलगढी नगरपालिका–६, डोटी
- उपचाररत अस्पताल: वीर अस्पताल, काठमाडौं
- विभाग: नेफ्रोलोजी, बेड नं. ३५
- सम्पर्क नम्बर: ९७६३७५७४४८
- सहयोगका लागि सम्पर्क व्यक्ति: छोरा गणेश मलासी






प्रतिक्रिया