डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

गणेश मौनी
२९ असार २०८० ९:००
डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते

डोटी । डोटीमा अटो दुर्घटना हुँदा एकै परिवारका तीन जना घाइते भएका छन ।

जिल्लाको बडीकेदार गाउँपालिका वडा नम्बर २ बर्छैनमा म.प्र.०३००२स १७६९ नम्बरको अटो दुर्घटना हुदाँ तिन जना घाईते भएका हुन् ।

घाइते हुनेमा बडीकेदार गाउँपालिका वडा नम्बर नं।४ मान्नाकापडी बल्लेजुडीका वर्ष २४ का राम नेपाली, वर्ष २४ की तुल्छा नेपाली र वर्ष ३ की मुस्कान नेपाली रहेको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्करदत्त पन्तले बताउनु भयो । घाइतेहरु श्रीमान,श्रीमती र छोरी हुन । घाईतेहरुलाई सामुदायीक स्वास्थ्य इकाई बर्छैनमा प्राथमीक उपचार पश्चात थप उपचारको लागि घनगढी पठाईएको प्रहरीले जनाएको छ । घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *