मेरो भाइ दीपक जितेकोमा खुसी छु’ भन्दै नन्दन कार्कीको खुला पत्र

पाँजलो न्युज
५ असोज २०८३ १०:२९
मेरो भाइ दीपक जितेकोमा खुसी छु’ भन्दै नन्दन कार्कीको खुला पत्र

डोटी उद्योग वाणिज्य संघको निर्वाचनमा सचिव पदका उम्मेदवार रहेका नन्दन कार्कीले सोही पदमा उम्मेदवार रहेका दीपक कलेल विजयी भएपछि आफू पराजित भए पनि भाइको जीतमा खुसी व्यक्त गरेका छन्।
कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत ‘मेरो प्यारो दीपक भाइलाई खुला पत्र’ लेख्दै कलेललाई बधाईसहित आफ्नो निर्वाचन अनुभव सार्वजनिक गरेका हुन्।
कार्कीले आफूले प्राप्त गरेको ६ मतमध्ये एक मत दीपक कलेललाई दिएको उल्लेख गरेका छन्। उनले आफैंलाई मत दिएको भए कलेल ५ मतले विजयी हुने तथा पूर्वसहमति अनुसार कलेलले आफूलाई मत दिएको भए कलेल ४ मतले विजयी हुने अवस्था रहेको बताएका छन्।
उनले आफू चुनाव हारेकोमा दुःखी नभएको उल्लेख गर्दै, ‘मेरो भाइ जितेकोमा खुसी छ । तिम्रो खुसी नै मेरो खुसी हो,’ भन्दै कलेलप्रति आत्मीयता व्यक्त गरेका छन्।
सचिव पदमा प्रतिस्पर्धा गरेका कार्कीले आफ्नो फेसबुक स्टाटसको अन्त्यमा आफूलाई ‘आफ्नो भोट आफैलाई नहाल्ने दाजु’का रूपमा उल्लेख गरेका छन्।
निर्वाचनमा प्रतिस्पर्धी भए पनि भाइको जीतमा खुसी व्यक्त गर्दै कार्कीले सार्वजनिक गरेको यो खुला पत्रले निर्वाचनपछि देखिएको आत्मीय सम्बन्धलाई प्रस्तुत गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *