
सरिता कठायत
डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका भित्रका वडाहरूमा महिलाहरूकाे आङ् खस्ने समस्या पहिचान सँगै घुम्ती शिविर सञ्चालन गरिएको थियोे । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको आयोजना नगरपालिका स्वास्थ साखाको समन्वय साथै त्रिपलएच नेटवर्किङ र एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीको प्राविधिक सहयोगमा जनचेतनामूलक कार्यक्रम दिपायल सिलगढी नगरपालिका ८ लडागडामा गरिएको थियो । ग्रामीण भेगमा महिला हरूले बढी भन्दा बढी घरायसी काम र उमेर नपुग्दै बिवाह गर्ने प्रचलनले आङ् खस्ने समस्या बढी भोगिरहेका वीर अस्पताल काठमाडौंका स्टाफनर्स मन्दिरा श्रेष्ठले बताइन् । उनले भनिन् मैले अस्पतालमा काम गर्दै गर्दा यस्ता खाले समस्या भएका महिलाहरू बढी ग्रामीण भेगका जाने गरेको पाएपछि मैले सम्बन्धि ठाउँमा पुगेर यी समस्या महिलाहरूका जटिल हुन र हामीले के कसरी सुरक्षित रहन सक्छौ भनेर जनचेतना जोगाउन म ग्रामीण भेगमा पुगेको हु श्रेष्ठले भनिन् । उनले भनिन् म एउटा अस्पतालमा मात्रै उपचार गराउनका लागि यो पेसा पढेको होइनन् यस्तै खाले समस्या भोग्दै आएका अन्य बिगट क्षेत्रका महिलाहरूलाई जनचेतना जोगाउनु मेरो कर्तव्य हो त्यसकारण म यहाँ आएको हुँ उनले जानकारी गराइन् । दिसिनपा १,६,७,९ र वडामा हिजो कार्यक्रम सञ्चालन भएको थियोे । लडागडामा २५ जना महिलाहरूले सेवा पाएका छन् । स्वास्थ्य क्षेत्रमा सरोकारवालाहरूले पुर्ण रूपमा जिम्मेवारी भएर लाग्नुपर्ने र आगामी दिनमा वडाबाट गर्नुपर्ने सहयोग गर्न तयार रहेको दिसिनपा ८ का वडा अध्यक्ष दशरथ बलायरले बताए । उनले भने जुन महिलाहरूको आङ् खस्ने समस्याका बारेमा जनचेतना तथा घुम्ती शिविर राखियो यो असाध्यै सहरानिय कार्य रहेको र समन्वय र सहकार्य गर्ने सम्पुर्णलाई धन्यवाद समेत बलायरले दिएका छन् । आगामी दिनमा नगर स्वास्थ्य शाखाले यस्तै खाले जटिल समस्या हरूको पहिचान गर्दै प्रत्येक वडामा घुम्ती शिविर साथै जनचेतना जोगाउन अगाडि बढ्ने दिपायल सिलगढी नगरपालिकाका स्वास्थ्य प्रमुख तेज बहादुर खड्काले जानकारी गराएका छन्
। वीर अस्पतालमा कार्यरत स्टाफनर्सले आफ्नो नगरपालिकामा आएर जोखिममा रहेका महिलाहरूलाई पहिचान गरि सामुदायिक घुम्ती शिविरमा सहयोग गरेकोमा खड्काले बिशेष धन्यवाद दिए । आफ्ना स्वास्थ्य समस्या सहजै रूपमा महिलाहरूले भन्न सहज पुग्नेछ भनेर वीर अस्पतालमा कार्यरत समाजसेवी मन्दिरा श्रेष्ठलाई आफूले यहाँसम्म आउन पहल गरेको एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीका संयोजक सन्तोष बोहराले बताए । उनले भने यस्ता खाले समस्या महिलाहरूका जटिल समस्या हुन आगामी दिनमा समन्वय गरेर जिल्लाका अन्य स्थानीय तहहरूमा पनि यो अभियान चलाउने बोहराले भनेका छन् । कार्यक्रममा नगर स्वास्थ्य प्रमुख, नगर स्वास्थ्यमा कार्यरत कर्मचारी ,नगर प्रमुखका स्वकीय सचिव, सुनादेवी माविका प्रअ,लडागडा स्वास्थ्य शाखाका इन्चार्ज, समुदायका महिलाहरू पत्रकार र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया