
डोटीमा शुक्रबार रातिदेखि भएको अविरल वर्षा को कारण धान बाली मा नोक्सान गरेपछि किसान चिन्तित बनेका छन्। धानमा बाला लागेर पाकिसकेको खेती लाई बर्षाले क्षति पुर्याएपछि किसान निराश बनेका हुन।बर्षाले धान बाली ढलाउनु का साथै सोत्तरै पारेको किसानको गुनासो छ।
दि.सि.न.पा ५ का टेक भण्डारीले १५ रोपनी खेतमा धान खेती गरेका थिए। शुक्रबार रातिदेखि आएको अविरल वर्षाको कारण उनको धान खेतीमा क्षति पुर्याएको हो। धान पाकेर भित्र्याउने समयमा बर्षा आएपछि धानको बाली लाई नस्ट गरेको र पराल समेत कुहिएको उनले बताए ।
बाढीले ६ महिनाको मेहेनतको फल धान भित्र्याउन नपाई खेतमै नस्ट गरिएको अर्का किसान बिरु मलासी को गुनासो छ।बिरु मलासीले पनि करिबकरिब १८रोपनीमा धान खेती गरेका थिए धान पाकेर भित्र्याउने बेला तीन दिनको अविरल बर्षाले धान खेती नस्ट गरेको उनले बताए ।
अरु बर्ष दसै अघि नै धान काटेर भित्र्याउथेउ भने यो बर्ष बर्षाले गर्दा हामीले धान काटेर भित्र्याउन पाएनौ अघिल्ला बर्षहरुमा दसैं मा नंया धानको भात खाएर दसैं मनाउदै आएको अर्का किसान जहरी कोलिले बताए। यो बर्ष भने तीन दिन को अविरल बर्षाका कारण किसान लाई निकै घाटा भएको त्यहाँका किसानहरुको गुनासो छ। किसानहरु भन्छन कहिले समयमा मल नपाएर समस्या त कहिले जंगली जनावर बदेल, बादर जस्ता जनावरको आतंकले समस्या किसान लाई जहिले नि समस्याइ-समस्या ।
प्रतिक्रिया