अनशनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल

पाँजलो न्युज
२ असोज २०७९ १२:०६
अनशनरत डा.केसीको स्वास्थ्य अवस्था जटिल

कैलाली- विगत एक हप्ता देखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेको छ।चिकित्सा शिक्षा सुधारका अभियन्ता समेत रहेका डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

गत सोमबारदेखि धनगढीमा २०औँ पटकको अनशन बसेका केसीको अवस्था बिग्रिएपछि उनलाई सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। हाल उनको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार केसीले मुखबाट पानी र नशाबाट रिङगर नदिन लिखित रूपमै भनेकाले पोषण तत्त्व शरीरमा कमी भएको छ अस्पतालले आज एक विज्ञप्ति जारी गर्दै सोबारे जानकारी दिएको हो ।

अस्पतालले केसीको टाउको दुख्ने, रिँगटा लाग्ने, श्वास फेर्न गाह्रो हुने, छाती दुख्ने, शरीरको मांसपेशी दुख्ने, मुटुको धड्कन बढ्नेदेखि पाँचौँ दिनसम्ममा २ केजी तौल घटेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘शरीरमा पोषणतत्व र पानीको असन्तुलनले बेहोस हुन सक्ने, कम्पन हुन सक्ने (सिजर), रोगसँग लड्न सक्ने क्षमता कम भई विभिन्न सङ्क्रमण हुनसक्ने, मुटुको धड्कन, श्वासप्रश्वास र रक्तचाप गडबड भई अङ्ग र प्रणाली खराबी हुनसक्ने वा ज्यान जोखिममा पर्न सक्ने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *