फागुन १ देखि हुने भनिएको डोटी महोत्सव स्थगित

१८ माघ २०८२ १४:३८

(दिनेश जोशी)दिपायल- डोटी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गतेदेखि सुरु हुने तय भएको डोटी महोत्सव २०८२ निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको छ। जिल्ला प्रशासन कार्यालय डोटीबाट पुस २३ गते प्राप्त अनुमति अनुसार अन्तिम तयारीमा पुगेको महोत्सव, निर्वाचन आयोग नेपालको माघ १४ गतेको निर्देशनपछि स्थगन गरिएको संघले जनाएको छ। निर्वाचन आयोगले प्रचार–प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा […]