
असोज,३ डोटी: संविधान दिवस २०७९ डोटीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरि मनाइएको छ । सोमवार डोटीको सिलगढी स्थीत इन्द्रचोक वाट बाजागाजा सहित लैश्वरी मन्दिर परिक्रमा गरि जिल्ला प्रशासन हुदै दिपायल सिलगढी नगरपालीकाको सभाहलमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो ।
जिल्ला समारोह समितीका संयोजक एवम् जिल्ला समन्वय समिती डोटीका प्रमुख लक्ष्मण वहादुर सिंहको अध्यक्षता तथा जिल्ला न्यायधिस शिवलाल पाण्डेको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा दिपायल सिलगढी नगरपालीका प्रमुख वाजी सिं खड्का, जिल्ला समन्वय समिति उपप्रमुख स्मृती चुनारा, दिपायल सिलगढी नगरपालीका उपप्रमुख कलावती महर साउद, प्रमुख जिल्ला अधिकारि कल्पना श्रेष्ठ, श्री भैरव प्रसाद गणका सिलगढीका गणपती जनमत कार्की, प्रहरी प्रमुख राजेन्द्र प्रसाद धमला, राष्ट्र सेवक कर्मचारि, नागरिक समाज, शिक्षक, विद्यार्थी, सुरक्षाकर्मी , सञ्चारकर्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा पद्यमपब्लिक मुक्तिनारायण माध्यामिक विद्यालयका विद्यार्थीहले विभिन्न सांगीतिक प्रस्तुती राखेका थिए ।
कार्यक्रममा वोल्ने अधिकांस वक्ताले संविधानको पुर्ण कार्यान्यनको वारेमा चिन्ता ब्यक्त गरेका थिए । साथै आज कार्यालय र घर घरमा दिप प्रजोलन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारि दिएको छ ।
प्रतिक्रिया