डोटी– श्रमदानमार्फत बिग्रिएको सडक मर्मत गरेर काम चलाइरहेका स्थानीयबासिन्दा तुस्यात खोलामा सुदूरपश्चिम प्रदेश सरकारले बजेट बिनियोजन गरेको खबरपछि खुसियाली छाएको छ ।
दिपायल सिलगढी नगरपालिका वडा नं ४ र केआईसिंह गाउँपालिका वडा न. ५ को रानागाउँ जोड्ने तुस्यात खोलामा पटक पटक पुलका लागि बजेट आएपनि न्यून रकम र जग्गा विवादका कारण काम अघि बढेको थिएन ।
लामो संघर्ष पछि सुदूरपश्चिम प्रदेश सरकारले ३ करोड ९१ लाख बजेट बिनियोजन गरेकोमा केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले खुसि व्यक्त गर्दै प्रदेश सरकारलाई धन्यवाद प्रकट गरे ।
स्थानीयलाई सास्ती हुन थालेपछि ३ बर्ष अघि केआईसिंह गाउँपालिकाले श्रमदान मार्फत आरसिसि पिच गरेपछि सहजता आएको थियो ।

‘श्रमदानवाट ५४ लाख बरावरको आरसिसि ढलान गरेर खोलामा मर्मत गरेपछि मात्र केही सहज भएको थियो’, केआईसिंह गाउँपालिका वडा नं ४ का सिद्व परियारले भने, अव पुलकै लागि बजेट बिनियोजन भएको कुराले झन् खुसि मिलेको छ । श्रमदान अभियानले पनि प्रदेश सरकारलाई बजेटका लागि दवाव बढेको केआईसिंह गाउँपालिका वडा नं २ का नरेन्द्र शाही बताउँछन् ।
रानागाउँका राणा परिवार र कुमालीकोटका कठायत परिवारको पुल पर्ने स्थानमा जमिन पर्ने गर्दछ । साविकको डिजाईन अनुसार पुल लामो , खर्चिलो र स्थानीयको जमिन पनि बढी मासिने भएपछि केआईसिंह गाउँपालिकाको सहजीकरणमा जग्गाधनीबीच सहमति गराउनुका साथै पुलको लाईन बदलेर प्रदेश सरकारलाई बजेटका लागि दवाव दिईएको केआईसिंह गाउँपालिका अध्यक्ष लोकेन्द्र शाहीले बताए ।
‘अघिल्लो आर्थिकबर्षमै बजेट आउने गरि पालिकाले पुलका लागि माग गरिएको थियो तर परेन’ , अध्यक्ष शाहीले भने, ‘यसबर्ष जिल्लाका नेता सहित सामुहिक प्रयास थालेपछि बजेट परेको छ । ‘

सो पुल निर्माण पछि केआईसिंह, बोगटान तथा बडीकेदारका स्थानीयलाई राहत मिल्नेछ ।
यस संगै प्रदेश सरकारले दह गिरिचौका मौरीबगर सडकखण्ड अन्तरगत डोटी- बैतडी जोड्ने साइलीगाडमा रु. ७ करोड ३४ लाख, बुडर- जोरायल – दिपायल सडकको जोरायल खोलामा रु. ४ करोड ७८ लाख, सहजपुर बोगटान दिपायल सडकमा ४० करोड बजेट बिनियोजन गरेको छ भने पुर्विचौकि गा.पा.२ मा पर्ने कुडासैन खेर गाडमा झोलुंगे पुल, आदर्श गा.पा. को ५ र ६ जोड्ने खालीखेत झोलुंगे पुल, गण्डीगाढ झोलुंगे पुलका लागि पनि बजेट बिनियोजन गरिएको छ ।







प्रतिक्रिया