डोटीको आदर्श गाउँपालिकामा बिहेको भोज खादा मानिसहरू बिरामी परेका छन् ।
यही माघ ५ गते भएको विवाहमा भोज खादा आदर्श गाउँपालिका १ बाँझको टाक ९० जना बिरामी परेको आदर्श गाउपालिका स्वास्थ्य शाखा प्रमुख महेन्द्र खड्काले बताए
आदर्श गा.पा. वडा नं. १ बाँझ बस्ने नर बहादुर बि.क.को छोरीको विवाहमा दुलही पक्षका व्यक्तिहरूले माघ ५ गते विवाहको भोजमा सुजीको हलुवा लगायत अन्य खानाका परिकारहरू खाई भोजमा आएका मध्ये ३० जनालाई १०३ डिग्री भन्दा बढी ज्वरो आउने, बान्ता हुने र पखालाको समस्या भएको र माघ ६ गते दिउँसो दुलही पक्षका ६० जनाको स्वास्थ्यमा सोही समस्या देखा परेको हुँदा स्थानीय स्वास्थ्य चौकी बाँझमा उपचार भइरहेको, स्वास्थ्य शाखा प्रमुख खड्काले बताए ।
आदर्श गा.पा. स्वास्थ्य शाखाको टोली सहित उपचारमा खटिएको र निजहरूको रगतको नमुना जिल्ला अस्पताल डोटीमा ल्याई परीक्षण भइरहेको,र बिरामी सबैको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।
प्रतिक्रिया