डोटी- आज बाट मलेसियामा सुरु भएको दोस्रो संस्करणको आइसिसी यु- १९ महिला विश्व कपको आफ्नो डेब्यु खेलमा नेपाल खराब ब्याटिङ प्रदर्शनका कारण बंगलादेश सँग पराजित भएको छ ।
बंगलादेशले शनिबार नेपाललाई ५ विकेटले पराजित गरेको हो । ५३ रनको झिनो लक्ष्य पाएको बंगलादेशले १३.२ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।
बंगलादेशको जितमा सदिया स्लामले सर्वाधिक १६, सुमैया अख्तरले १२ रन जोडिन् । बंगलादेशका अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

नेपालका लागि कप्तान पूजा महतो, रचना चौधरी, रिया शर्मा र सिमाना केसीले समान १ विकेट लिइन् । त्यसअघि मलेसियास्थित युकेएम ओभल मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १८.२ ओभरमा सबै विकेट गुमाउँदै ५२ रनको झिनो लक्ष्य प्रस्तुत गर्यो ।
नेपालकी ओपनर साना प्रविनले सर्वाधिक १९ रन जोडिन् । सिमाना केसीले १० रन बनाउँदा अन्य नेपाली ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बंगलादेशका जनाथन माओलाले २ तथा अनिसा सोवा, फोयोमोदी चोया र निशीता अख्तरले समान १ विकेट लिइन्। नेपालका ५ ब्याटर रन आउट भए ।
नेपाल सम्मिलित समूह ‘डी’ को पहिलो खेलमा शनिबार नै अस्ट्रेलियाले स्कटल्याण्डलाई १० विकेटले पराजित गरेको थियो । जित सँगै बंगलादेश समूह ‘डि’ को दोस्रो स्थानमा छ । नेपाल समूहको तेस्रो स्थानमा छ ।
विश्वकपको पहिलो दिन आज भएका खेलको नतिजा :-
नेपाली महिला यु १९ टिमको समूह चरणको दोस्रो खेलमा जनवरी २० (माघ ७ गते) स्कटल्यान्डसँग खेल्नेछ । समूह चरणको अन्तिम तथा तेस्रो खेलमा नेपाल जनवरी २२ (माघ ९ गते) अस्ट्रेलियासँग खेल्नेछ ।
प्रतिक्रिया