(डोटी) – डोटी जिल्लाका १० हजार सात सय ३१ बालबालिकाहरूलाई पोलियो रोग विरुद्धको खोप आईपीभी (इनएक्टिभेटेड पोलियो भ्याक्सिन) लगाइएको छ ।
जेठ १३ गतेदेखि २२ गतेसम्म सञ्चालन गरिएको आईपीभी खोप अभियानमा सो संख्यामा खोप लगाइएको स्वास्थ्य कार्यालय डोटीले जानकारी दिएको छ । अभियानका लागि जिल्लाभरिमा ४ सय ३८ खोप केन्द्र तोकिएका थिए ।
२०७३ साल वैशाखदेखि २०७५ साल असोजसम्मको अवधिमा जन्मिएका बालबालिकालाई लक्षित गरी सो अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय डोटीका परिवार नियोजन निरीक्षक सूर्य विष्टले बताए ।
पोलियो खोप अभाव भएका कारण देशभरका १४ लाख ६२ हजार ७ सय १२ बालबालिकाले खोप लगाउनबाट बञ्चित रहेका थिए । पोलियो खोप लगाउन वञ्चित बालबालिकाहरूमा पोलियोको जोखिम बढी हुने हुँदा अभियानमार्फत खोप लगाइएको हो । नेपालमा पोलियो विरुद्धको खोप २०७१ सालदेखि सुरु गरिएको हो ।
पाँच हजार तीय ८९ बालिका ५ हजार तीन ४२ बालक गरी जम्मा १० हजार सात सय ३१ बालबालिकाले खोप लगाएका छन । सबैभन्दा बढी आर्दश गाउँपालीकाका एक हजार २ सय १६ बालबालीकाले खोप लगाएका छन भने सबै भन्दा कम बोगटान फुडसील गाउँपालीकाका आठ सय ५१ जना बालबालीकाले खोप लगाएका छन ।
प्रतिक्रिया