प्रजातन्त्र दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाद्वारा बजार सरसफाई

पाँजलो न्युज
७ फागुन २०८० ९:०४
प्रजातन्त्र दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाद्वारा बजार सरसफाई

दिनेश जोशी (डोटी)- राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा दिपायल सिलगढी नगरपालिकाले बजार सरसफाई गरेको छ।नेपाली जनता जहानियाँ राणा शासनबाट मुक्त भई प्रजातन्त्र स्थापना गरेको दिनको स्मरणमा आज जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको सहकार्य तथा समन्वयमा सरसफाई गरेको हो । दिपायल सिलगढी नगरपालिकाको आयोजनामा जिल्ला समन्वय समितिको गेटदेखि वडा नं ६ को इन्द्रचोक (राधाकृष्ण मन्दिर)सम्म सरसफाई गरिएको थियो।
“नेपाली जनताको सङ्घर्ष र बलिदानीबाट राणा शासनको अन्त्य भई प्रजातन्त्रिक नयाँ युग प्रारम्भ भएको दिन फागुन ७ लाई नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्वको दिनको रुपमा लिइन्छ। जनक्रान्तिका माध्यमबाट निरंकुश राणाशासनको अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको गौरवपूर्ण दिनको सम्मान गर्दै
प्रत्येक वर्ष फागुन ७ गते यो दिवस मनाईंदै आएको हो।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको अभ्यास हुंदै आएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षकै क्रममा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा प्राणको दिएका थिए”। यसै अबसर पारी बजार सरसफाई गरियको दिपायल सिलगढी नगरपालिका उपप्रमुख कलावती महर साउदले बताउनु भयो ।
कार्यक्रममा जनप्रतिनिधि, विभिन्न कार्यालय तथा संस्थाका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी, नेपाली सैनिक, शसस्त्र प्रहरी बल,
पत्रकार , स्थायी लगायतको बाक्लो उपस्तिथि रहेको थियो

दिबसको अबसरमा आज साझ शैलेश्वरी मन्दिरमा दिप प्रज्वलन गर्ने भयको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *