
डाेटी – डाेटीमा साेमवारबाट सुपथ पसल संचालनमा आएकाे छ । दशै तिहारलाई लक्षित गरि खाद्य डिपाेले सुपथ पसल संचालनमा ल्याएकाे प्रमुख जिल्ला अधिकारी गाेपाल प्रसाद अर्यालले बताए ।
सुपथ पसलबाट सहुलियत मुल्यमा चामल वितरण भईरहेकाे छ । खाद्य डिपाेका सिताराम अग्रवालले माेटाे र पातलाे गरि २ प्रकारका चामल बजाउ मुल्यभन्दा सस्ताेमा उपलब्ध भईरहेकाेे जाकारी दिए । डिपाेले प्रति परिवारलाई नागरिकताकाे प्रतिलिपी दिएपछि २५ किलाेसम्म चामल दिईरहेकाेे छ । २५ किलाेकाे मसिनाे चामल २ हजार ७५ र माटाे चामल १ हजार १ सय २५ रूपैयाँमा पाईने बताईएकाे छ ।
सुपथ मूल्य पसल सदरमुकाम सिलगढीकाे जिल्ला कारागार नजिकै रहेकाेे खाद्य डिपाेमा उपलब्ध भईरहेकाे छ ।
प्रतिक्रिया