चोरलाई माला लगाएर स्वागत

पाँजलो न्युज
१७ भदौ २०८० ५:३६
चोरलाई माला लगाएर स्वागत

सामान्यतया: एउटा एउटा चोर समातिँदा कुनै ठाउँका स्थानीयले के गर्लान् ? चोर समातिँदा कुटपिट गर्ने गरेका घटना प्रशस्तै सुनिन्छन् । कतै समातेर प्रहरीलाई बुझाउने समेत गरिएको छ ।

तर, भारतको पन्जाबका स्थानीयले भने चोरलाई समातेर माला पहिराएर स्वागत गरेका छन् । चोरीका घटनाबाट हैरान भएका पटियालाका स्थानीयले एक चोरलाई समातेर घाटीमा माला पहिराउँदै ताली बजाएर स्वागत गरेका हुन् ।
भारतीय सञ्चार माध्यमका अनुसार पटियालाको रवास ब्राह्मणा गाउँका स्थानीयले दुई चोरलाई समातेका थिए । एक फरार भए । अर्कालाई भने माला लगाइदिएका हुन् ।
चोर समातेर कुटपिट गर्दा प्रहरीले किन कुटेको भन्दै सोधपुछ गर्ने भएकोले माला लगाएर स्वागत गरिएको उनीहरूले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *