डोटीमा ४१ औँ बिपी जयन्ती विभिन्न कार्यक्रम गरि मनाईयो

गणेश मौनी
७ साउन २०८० १:४०
डोटीमा ४१ औँ बिपी जयन्ती विभिन्न कार्यक्रम गरि मनाईयो

डोटी ।डोटीमा ४१ औँ बिपी जयन्ती अवसरमा विभिन्न कार्यक्रहरुको आयोजना गरि मनाईएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटी र नेपाल बिद्यार्थि संघ डोटीले बृक्षारोपण कार्यक्रमको आयोजना गरि बिपी जयन्ती मनाएको छ ।
नेपाली कांग्रेस जिल्ला कार्य समितिले स्वःबिपी कोईरालाको सम्झनामा जिल्ला समन्वय वरीपरी विभिन्न प्रकारका फलफुलका विरुवाहरु रोपण गरेको नेपाली कांग्रेस डोटीका सभापती नरेन्द्र बहादुर सिंहले बताउनु भयो ।
सोही अवसमा नेपाल विद्यार्थी संघले पनि दिपायल सिलगढी नगर पालिका वडा न ५ मा रहेको निर्माणाधिन पार्कमा २ सय ५० भन्दा बढी वोटबिरुवा बृक्षारोपण गरेको नेपाल बिद्यार्थि संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहले बताउनु भयो ।
४१ औँ बिपी जयन्तीको अवसरमा नेपाल तरुण दल डोटीले सुजङ अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरिएको नेपाल तरुण दल डोटीका अध्यक्ष टेक रावलले बताउनु भयो ।
४१ औँ बिपी जयन्ती अवसरमा आयोजित विभिन्न कार्यक्रमहरुमा पार्टी सभापति नरेन्द्र बहादुर सिंह , पार्टीका पुर्व आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्ट, पार्टीका विभिन्न पदाधिकारी , महाधिवेशन प्रतिनिधि , विभिन्न भातृ संगठन, सुबेच्छुक संगठनका प्रमुख एवम् प्रतिनिधि तथा नेपाली कांग्रेस प्रति आस्थावान नेता तथा कार्यकर्ताहरूकोे सहभागी रहेकोे थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *