सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अछामका विभिन्न योजना अनुगमन तथा उद्घाटन

पाँजलो न्युज
१५ चैत २०७९ ५:१९
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अछामका विभिन्न योजना अनुगमन तथा उद्घाटन

अछाम। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह अछामका विभिन्न योजना अनुगमन ,उद्घाटन तथा भेटघाटमा बेस्त रहेका छन् । पुर्ख्यौली जिल्ला अछाम पुगेका मुख्यमन्त्री शाहले अछामस्थीत योजनाको हेरफेर, उद्घाटन तथा भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली कांग्रेस अछामका सहसचिव दिनेशकुमार स्वारले जानकारी दिए।

मुख्यमन्त्री शाहले चार दिनसम्म अछामका विभिन्न स्थानमा भेटघाट, उद्घाटन र अनुमगनमा रहने उनले बताए। मुख्यमन्त्री शाहले बुढीगंगा नदीले गरेको कटान र त्यसको रोकथामको बारेमा चाँसो लिएको सहसचिव स्वारले बताए। मङ्गलबार उनले रामारोशन गाउँपालिका–१ मलातीकोटको लघुजलविद्युतको उद्घाटन गरेका छन्। यस्तै, मङ्गलबारै मुख्यमन्त्री शाहले भौतिक योजना मन्त्री प्रकाश देउवाले प्रभा धम्कोट माविमा सञ्चालनरत रहेको महायज्ञमा समेत सहभागी भएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *