मेरो  एक भाेटले देश समुन्नत तिर लम्किरहाेस्

Paajalo News(सरिता कठायत )
२ मंसिर २०७९ १४:३१
  मेरो  एक भाेटले देश समुन्नत तिर लम्किरहाेस्

सरिता कठायत                                                    डोटी जिल्लाको शिखर नगरपालिका  वडा नं ११ घर भएका  सन्तोष बोहरा एक सामाजिक अभियान्ताको रूपमा चिन्निदै आएका छन् । उनले सानै उमेरमा समाजका लागि  उदाहरणीय कार्य गरिरहेका छन् ।  उनी अहिले प्लस टु कानुनी विषय पढिरहेका छन् ।                                                  उनको कविताको शिर्षक छ                                                                मेरो  एक भाेटले देश समुन्नत तिर लम्किरहाेस्

दुखेको मुटुु
रसाएका आँखा,
भत्किएका,चर्किएका छातीबाट
एक अँजुली आशु
कविको कलमले पिउन सक्छ

च्यातिएका,टालिएका
भक्किएका मनबाट उठेका
सपनाका फुलहरु
वेली,चमेली,चम्पा र मखमली वन्दै
कबितामा उनिन् सक्छन्

एका विहानै वस्तीबाट
एक हुल वाजले
परेवालाइ डाँडा कटाउँदा
लालीगुरास र बुद्वकाे वलात्कार हुदाँ
विवेकमा वन्चराले प्रहार गर्दा
मलम बन्छ कविता

पसिना प्यालमा उठाएर
परीकाे नृत्यसँगै
गरिवीकाे खिल्ली उडाउँदा
श्रम बचेर हातवजारमा,
आमाको काखमा तेजाव छर्केर
वेश्यासँग रतिविलास गर्दा
विद्रोहकाे मसाल बन्छ कविता,

साइलाकाे टाेपी
सुन्तलीकाे बुलाकी बन्दै
अन्तरमनका वेथालाइ उनेर
अनाथकाे नाथ र अभावकाे भाव बनेर
पुष्पित बन्छ कविता !

मुनामदन,लैलामजनु,नलदमयन्तीकाे भाका खाेज्दै
रङ्ग भर्दै वाटिकामा,
इन्द्रेणी बन्दै गगनमा
पराेपकार पुण्याय,
सबै भवन्तु सुखिन काे
निरन्तर उदघाेष गर्छ कविता

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *