बास नेपाल द्धारा पद्म पब्लीकलाई शैक्षिक सामाग्री सहयोग

कृष्ण मलासी
१६ कार्तिक २०७९ १३:५२
बास नेपाल द्धारा पद्म पब्लीकलाई शैक्षिक सामाग्री सहयोग

दिपायल,बास नेपालले डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका अन्र्तगत रहेको पद्यम पब्लीक मुक्ति नारायण माध्यामीक बिद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको छ ।
युनिसेफको सहयोगमा बास नेपालले शैक्षिक गुणस्तर सुधारका लागि सहयोग पुगोस भन्ने हेतुले शैक्षिक सामाग्री बिद्यालयलाई हस्तान्तरण गरेको हो ।
बुधबार एक कार्यक्रमका बिच शैक्षिक सामाग्री बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शिद्धराज जोशीलाई हस्तान्तरण गरेको थियो । बास नेपालले बिद्यालयलाई पटक पटक विभिन्न प्रकारका सहयोग गर्दै आईरहेको बिद्यालयका प्रध्यानध्यापक केशबराज ओझाले बताए । उनले भने विद्यालयको शैक्षिक अवस्था सुधारका साथै आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरुलाई समेत सहयोग गर्दै आईरहेको बताए ।
सामाग्री हस्तान्तरण कार्यक्रममा दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का सडा सदस्य दिपा श्रेष्ठ, बिद्यालय ब्यवस्थापन समिति, शिक्षक, बिद्यार्थि रहेका थिए । शैक्षिक सामाग्री बास नेपालका जिल्ला अध्यक्ष गणेश मौनी र सामाजिक मनोबिमर्शकर्ता शरिता कठायतले हस्तान्तरण गरेका थिए ।
सहयोग सामाग्रीमा बालबालिकाहरुका लागि शैक्षिक तथा मनोरञ्जनका सामाग्री, खेलौना ब्याग, कलरहरु,भलिबल लगाएतका सामाग्रीहरु रहेका छन् ।
युनिसेफको सहयोगमा बास नेपालले सुदुरपश्चिमका डोटी लगाएतका विभिन्न जिल्लाहरुमा बाल संरक्षण,लैगिंक हिंसा न्यूनिकरण परियोजना संचालन गरिरहेको छ । पहीले जोखिमपूर्ण सञ्चार र सामुदायिक संलग्नता परियोजना पनि संचालन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *