
डोटी / डोटी जिल्ला पुर्वीचौकी गाउँपालिकामा बास नेपालले जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरेको छ । आर्थिक रूपमा जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई सहज होस् भनेर संस्थाले आर्थिक सहयोग गरेको हो । बुधबार युनिसेफको आर्थिक सहयोग बास नेपालको आयोजनामा वडाका ९ जना महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको हो । संस्थाले आगामी दिनमा समुदायमा रहेका जोखिम महिला तथा बालबालिकाहरूलाई पनि आर्थिक सहयोग गर्न पुर्वीचौकी गाउँपालिका २ का वडा सदस्य उजली देवी लुहारले अनुरोध गरिन् । उनले संस्थाले लक्षित वर्गको पहिचान गरि आर्थिक सहयोग गरेकाेमा संस्थालाई धन्यवाद समेत लुहारले दिइन् । वडामा महिला हिंसा न्यूनीकरण सम्बन्धि जनचेतनामूलक जानकारी समेत दिदै आएको र हिंसा प्रभावित महिला तथा बालबालिकाहरूलाई कानुन सँग पुग्न सहज पुर्याउन परामर्श दिने समेत काम गर्दै आएको छ । संस्थाले यो आर्थिक सहयोग गरेकामा धेरै खुसी भएको पुर्वीचौकी गाउँपालिका २ कि एकल महिला डम्मरी ओलिले बताइन् । उनले भनिन् कलिलो उमेरमै एकल भए सहाराको नाममा कोही छैनन् बस्नलाई समेत आफ्नो घर छैनन् संस्थाले दिएको सहयोगले छोरीलाई स्कुल ड्रेस,कापीकलम किन्न सहज हुने ओलिले जानकारी गराइन् । ८ महिनाको अबदिमा ११२ जना जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई ५ लाख ६० हजार बराबरको आर्थिक सहयोग जिल्लाका स्थानीय तहहरूमा गरिसकेको छ । साथै जन्म दर्ता नभएका बालबालिकाहरूको जन्म दर्ता बनाउनमा समन्वय, नागरीकता बनाउनमा सरोकारवाला सँग समन्वय र बिद्यालयमा शैक्षिक तथा मनोरञ्जनका सामग्री समेत संस्थाले वितरण गर्दै आएको छ ।
प्रतिक्रिया