- डोटी / डोटी जिल्लामा जोखिममा रहेका १४ जना महिला तथा बालबालिकाहरूलाई बास नेपालले आर्थिक सहयोग गरेको छ । जिल्लाको दिपायल सिलगढी नगरपालिकाका १,२,३ वडाका जोखिममा रहेका महिला तथा बालबालिकाहरूलाई आर्थिक सहयोग गरिएको हो । मंगलबार युनिसेसफको आर्थिक सहयोगमा बास नेपालको आयोजनामा महिला तथा बालबालिकाहरूलाई वडा अध्यक्षहरूको रोहवरमा आर्थिक सहयोग गरिएको थियोे । जोखिममा रहेका महिला तथा बालबालिकाहरूको आर्थिक अवस्थामा सहज पुर्याउने हेतुले संस्थाले जिल्लामा यो भन्दा अगाडि ६३ जना भन्दा बढीलाई व्यवसाय तथा कापीकलम ड्रेसका लागि आर्थिक सहयोग गरेको थियो । जिल्लाको दिपायल सिलगढी नगरपालिका र जोरायल गाउँपालिकाका महिला तथा बालबालिकाहरूलाई ३ लाख ३५ हजार बढी आर्थिक सहयोग गरिएको छ । त्यसैगरी संस्थाले हिंसा प्रभावित महिला तथा बालबालिकाहरूलाई कानुनको पहुँचमा पुर्याउनका लागि परामर्श दिने कार्य पनि गर्दै आएको छ । बिधालयमा शैक्षिक तथा मनोरञ्जनका सामाग्रीहरू पनि हस्तान्तरण गर्ने गरिरहेको छ
। वडामा जोखिममा रहेका महिला तथा बालबालिकाहरूको अवस्थालाई बुझेर संस्थाले गरेको आर्थिक सहयोग धेरै प्रभावकारी हुदै गएको छ दिपायल सिलगढी नगरपालिका १ का वडा अध्यक्ष कृष्ण बहादुर साउदले बताए । उनले भने अझै पनि वडामा यस्ता खाले महिला तथा बालबालिकाहरू छन् संस्थाले यो कार्यक्रम निरन्तर गर्न आग्रह समेत साउदले गरे । एकल महिला भएपछि अहिलेसम्म कुनै संस्थाले सहयोग गरेको थिएन बासले यो पहिलो सहयोग हो दिपायल सिलगढी नगरपालिका ३ का विष्ना नायकले बताइन् । उनले भनिन् बच्चालाई कापीकलम ड्रेसको पनि धेरै अभाव थियो संस्थाले आर्थिक सहयोग गर्यो धेरै खुसी भए नायकले भनिन् ।
प्रतिक्रिया