महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि समुदायमा शिविर तथा जनचेतनामूलक कार्यक्रम

Paajalo News(सरिता कठायत )
२७ असोज २०७९ १५:३४
महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि समुदायमा शिविर तथा जनचेतनामूलक कार्यक्रम

सरिता कठायत 
डोटी / डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकामा महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि समुदायमा शिविर तथा जनचेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य नै धन हो भन्ने मुल मर्मलाई प्राथमिकतामा राखेर दिपायल सिलगढी नगरपालिकाको आयोजना नगरपालिका स्वास्थ्य साखाको समन्वय साथै त्रिपलएच नेटवर्किङ र एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीको प्राविधिक सहयोगमा सो कार्यक्रम गर्दै आएको छ । स्वास्थ्य जस्तो सम्वेदन शिल विषयमा ढिला सुस्त गर्नु हुदैनन् समयमै स्वास्थ्य चेकजाँच गर्न आम नागरिकले बुझ्न जरुरी रहेको दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिं खड्का (बिजय) ले बताए । उनले भने जनताको म सेवक हु मालिक होइनन् त्यसकारण जनताका हरेक समस्यालाई मध्यनजर गर्दै अगाडि बढ्ने बाचा गरेका छन् । असोज २६ गतेदेखि २८ गतेसम्म महिलाहरूको आङ् खस्ने समस्या सम्बन्धि जानकारी मुलुक सीप परिक्षण कार्यक्रम र सामुदायिक घुम्ती स्वास्थ्य शिविर कार्यक्रमको आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका स्वास्थ्य शाखा प्रमुख तेज बहादुर खड्काले बताएका छन् । स्वास्थ्य परिक्षण गर्ने क्रममा बुधबार दिपायल सिलगढी नगरपालिका ६,७,९ का १०९ जना महिलाहरूले सेवा पाएको नगरपालिका स्वास्थ्य प्रमुख खड्काले जानकारी गराए । उनले भने बिहीबार दिसिनपा १ मा १५ जना महिलाहरूले सेवा लिएका छन् र त्यसैगरी २८ गते दिसिनपा ८ लडागढा स्वास्थ्य चौकीमा सो कार्यक्रम राखेको समेत जानकारी गराएका छन् । महिलाहरूको आङ् खस्ने समस्या मेरो घरमा आमाले भोगिरहेको भएर यस्ता खाले समस्याहरूबाट ग्रामीण भेग होस् वा सहरका बस्तीमा बस्ने महिला सबैलाई समयमै जानकारी गराउनुपर्ने रहेछ भनेर सो कार्यक्रमको बारेमा नगर पालिका र स्वास्थ्य सँग समन्वय गरेको एकताको हातेमालो सक्षम बिद्यार्थी समाज डोटीका अध्यक्ष सन्तोष बोहराले जानकारी गराए । उनले भने यो समस्या एउटा आमामा मात्रै होइनन् हजारौं आमाहरूले भोग्दै आएका छन् भने कतिपयले त अझै लाजले यो समस्या लुकाउने गरेकाे भेटियो बोहराले भने । स्वास्थ्य परिक्षण र जनचेतना सम्बन्धि जानकारी गराउनका लागि वीर अस्पतालका स्वास्थ्यकर्मी मन्दीरा श्रेष्ठ,स्वास्थ्यकर्मी भगवती खड्का र सन्तोष बोहरा, भक्त साउँद,वबिता ढाँट लगायत दिसिनपा स्वास्थ्यकर्मीहरूको टिमले सहजीकरण गरिरहेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *