
सरिता कठायत
डोटी / डोटी जिल्ला दिपायल सिलगढी नगरपालिकाका कलुदेवी खड्कालाई रगतको कमि भएपछि गणका जवानले रगत दिएको हो । दिपायल सिलगढी नगरपालिका ३ बस्ने वर्ष ८१ का खड्कालाई रक्तअल्पता भई शरिरमा रगतको कमि भएको थियो । उनको जिल्ला अस्पताल डोटीमा उपचार गराउने क्रममा शरिरिमा रगतको मात्रा एकदमै कम भएको हुनाले रक्तअल्पता भएको जिल्ला अस्पतालका मेडिकल अफिसर सोहन शाहले बताएका छन् । खड्काको रिपोर्ट नआएकाले रक्तस्राव के कति कारणले भएको हो भन्ने बारे जानकारी नभएको शाहले बताए । शाहका अनुसार खड्कालाई हिजो उनका आफ्नतले पनि रगत दिएको जानकारी गराए । उनको शिररमा अझै पनि रगतको कमि भएको कुरा थाहा पाएपछि गणका जवान चित्र बहादुर बुढालाई रगत दिनका लागि पठाएको भैरव प्रसाद गणका गणपति जनमत कार्कीले बताएका छन् । उनले हामी जनतालाई अफ्ट्यारो प्रदा सहाराको लागि जतिसुकै बेला पनि तयार छौं कार्कीले भने । अहिले भने खड्का रगतको अभावबाट मुक्त भएकी छन् ।
प्रतिक्रिया