
दिपायल , डडेल्धुरामा बाघको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । जिल्लाको गन्यापधुरा गाउँपालिका-४ का नरबहादुर धानुक बाघको आक्रमणबाट गम्भीर घाइते भएका हुन् ।
उनलाई शुक्रबार दिँउसो गाउँ नजिकैको जंगलमा बाघले आक्रमण गरेको गन्यापधुरा-४ का वडा अध्यक्ष नरेश भट्टले बताए । गम्भीर घाइते धानुकलाई स्थानीय स्वास्थ्यचौकीमा सामान्य उपचारपछि थप उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइएको बताइएको छ ।
प्रतिक्रिया