
डोटी जिल्लामा आज बिहान देखि नियमित पानी परिरहेकोले जिल्ला बासी सबैलाई सचेत र सतर्क रहन जिल्ला प्रशासन डोटीले आर्गह गरेकाे ट । जल तथा मौसम बिभाग (मौसम पुर्बानुमान महाशाखा) ले आजको मिति २०७९/०६/२० गते देखि आगामी तीन दिन २०,२१ र २२ गते सम्म सुदूरपश्चिम केहि स्थानहरुमा भारी बर्षा हुने सम्भावना रहेकोले यश बाट हुनसक्ने क्षति बाढी,पहिरो,भुक्षय,डुबान जस्ता घटनाहरु हुनसक्ने नदिको वाहव बढन सक्ने भएको ले नदिमा दाउरा बटुल्ने,माछा मार्ने,पौडी खेल्ने,रुख मुनि बस्ने र आफ्ना नानी बाबुलाई एक्लै छोड्ने जस्ता क्रियाकलाप नगर्न हुन जिल्ला प्रशासन डोटीले अनुरोध गरेको प्रमुख जिल्ला अधिकारि कल्पना श्रेष्ठ ले बताइन ।
विशेष चाडपर्वको समय भएकोले मौसम र सडकको अबस्थालाई ध्यान राखी यात्रा गर्न समेत अनुरोध गरेको छ। यदि बिपद घटना भएमा नजिकको प्रहरी इकाई,सम्बन्धित पालिका,र जिल्ला प्रशासन मा खबर गर्न अनुरोध गरिएको छ।
प्रतिक्रिया