
डोटीमा सुदूरपश्चिम प्रदेश स्तरिय खप्तड–शैलेश्वरी गोल्डकप २०७९ प्रतियोगिता हुने भएको छ । भैरब प्रशादगण सिलगढी, दिपायल सिलगढी नगरपालिका वडा–६ र जिल्ला अस्पताल डोटीको आयोजनामा असोज ८ गते देखी जिल्ला सदरमुकाम सिलगढीमा फुडवल प्रतियोगिता हुने शैलेश्वरी मन्दिर प्राङ्गडमा पत्रकार सम्मेलन आयोजनागरी जानकारी दिइएको छ । गोल्डकपमा प्रथम हुनेलाई रु.१ लाख,दोस्रो हुनेलाई ५० हजार सहित ट्रफि र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
डोटी जिल्लमा पहिलो पटक आयोजना हुने गोल्डकप प्रतियोगितमा आठ वटा टिमको सहभागिता रहने छ । कैलाली, बाजुरा,अछाम, डोटी, डडेल्धुरा,बैतडी, भैरब प्रशाद गण र उद्योग बाणिज्य संघको टिम सहभागी हुने भैरब प्रशाद गणका गणपती जनमत बहादुर कार्कीले जानकारी दिए । कार्कीले भने ‘सुदूरपश्चिमका सबै जिल्लाका खेलाडीहरु डोटीमा जम्मा पारेर यहाँको कला संस्कृती देखाउनुको साथै होमस्टेको प्रर्बद्धन गर्ने पनि हाम्रो उदेश्य छ ।’ जिल्ला बाहिरबाट आउने खेलाडीहरुलाई बास तथा यातायातको ब्यबस्था गरिएको छ ।
दशैँ तिहारको अवसर पारेर खेल क्षेत्रको बिकासका लागी पहिलो पटक गोल्डकप आयोजना गरिएको दिपायल सिलगढी नगरपालिका–६का वडा अध्यक्ष नरेश मलासीले बताए । मलासीले भने ‘डोटीमा राम्रा खेलाडीहरु भए पनि खेल क्षेत्रको बिकासका लागी प्रदेश सरकार तथा संघिय सरकारबाट भएको छैन् ।’ प्रतियोगिताका लागी दिपायल सिलगढी नगरपालिका–६ को कार्यालयले एक लाख र जिल्ला अस्पताल डोटीले ५० हजार र अन्य ब्यबस्थापन भैरब प्रशाद गणले गर्ने भएको छ ।
प्रतिक्रिया