
पाकिस्तान र श्रीलंका यूएईमा जारी टी(२० एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेका छन् । अफगानिस्तानलाई एक विकेटले हराएसँगै पाकिस्तान र श्रीलंका फाइनलमा पुगेका हुन् । यता, भारत र अफगानिस्तान भने एक खेल अगाडि नै एसिया कपबाट बाहिरिएका छन् ।
सुपर(फोरमा लगातार दुई खेलमा हार ब्यहोरेको भारत पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेसँगै बाहिरिएको हो । श्रीलंका र पाकिस्तानबीच सुपर(फोरको खेल हुन बाँकी हुँदा नै यी दुवै टिम फाइनलमा पुगेका हुन् ।सुपर(फोरमा पाकिस्तानले शुक्रबार श्रीलंकासँग खेल्नेछ । बुधबार राति १३० रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले १९।२ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तानको जितमा शादब खानले सर्वाधिक ३६, इफ्तिखार अहमदले ३०, मोहम्मद रिजवानले २०, अशिफ अलीले १६ र नासिम शाहले १४ रन बनाए ।
अफगानिस्तानका फजलहक फारुकीले र फरिद अहमदले समान ३(३ विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको थियो ।
अफगानिस्तानका इब्राहिम जद्रानले ३५, हज्रातुल्लाह जजाईले २१, राशिद खानले १८ र रहमानुल्लाह गुरबाजले १७ रन बनाए । बलिङतर्फ पाकिस्तानका हरिस राउफले दुई विकेट लिए ।
प्रतिक्रिया