
(दिनेश जोशी)दिपायल- डोटी उद्योग वाणिज्य संघको आयोजनामा फागुन १ गतेदेखि सुरु हुने तय भएको डोटी महोत्सव २०८२ निर्वाचन आचारसंहिताका कारण स्थगित गरिएको छ।
जिल्ला प्रशासन कार्यालय डोटीबाट पुस २३ गते प्राप्त अनुमति अनुसार अन्तिम तयारीमा पुगेको महोत्सव, निर्वाचन आयोग नेपालको माघ १४ गतेको निर्देशनपछि स्थगन गरिएको संघले जनाएको छ।
निर्वाचन आयोगले प्रचार–प्रसार तथा सार्वजनिक कार्यक्रमहरूमा निर्वाचन आचारसंहिता कडाइका साथ पालना गर्न निर्देशन दिएपछि माघ १७ गते बसेको डोटी उद्योग वाणिज्य संघको कार्यसमिति बैठकले महोत्सवका सम्पूर्ण गतिविधि स्थगित गर्ने निर्णय गरेको हो।
संघले महोत्सव तयारीमा संलग्न सम्पूर्ण महाशयप्रति धन्यवाद व्यक्त गर्दै स्थगनबाट पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ। साथै कलाकार, साहित्यकार, व्यापारी, कर्मचारी, दर्शक, जनप्रतिनिधि तथा डोटीवासीप्रति आभार प्रकट गर्दै डोटीको विकास, समृद्धि र प्रगतिका लागि आगामी दिनमा समयानुकूल कार्यक्रम ल्याइने प्रतिबद्धता जनाएको छ।




प्रतिक्रिया